१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

दिल्लीलाई हराउँदै राजस्थानको दोस्रो जित

काठमाडौँ — राजस्थान रोयल्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको छ । ब्याटबाट रियान परागको उत्कृष्ट प्रदर्शनमा राजस्थानले दुई खेलबाट चार अंक बटुलेको हो ।

दिल्लीलाई हराउँदै राजस्थानको दोस्रो जित

पहिले ब्याटिङ गरेको राजस्थानले पाँच विकेटमा १ सय ८५ रन बनाएको थियो । उसले राम्रो सुरुआत भने लिन सकेन् र ९.३ ओभरसम्ममा ५० रन मात्रै बनाएको थियो । त्यसपछि परागले ४५ बलमा ८४ रन बनाए र नटआउट रहे ।

‘प्लेयर अफ द म्याच’ पनि रहेका परागले ७ चौका र ६ छक्का प्रहार गरे । जवाफमा दिल्लीले पाँच विकेटमा १ सय ७३ रन मात्रै बनाउन सक्यो । डेविड वार्नरले त्यसमा ४९ रनको योगदान गरे । दिल्लीको यो लगातार दोस्रो हार हो ।

प्रकाशित : चैत्र १६, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?