कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थ्रीस्टारको जितले एपीएफ रेलिगेसनमा

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७९/०८० को अन्तिम खेलमा थ्रीस्टारले शनिबार दशरथ रंगशालामा जावलाखेललाई १–० ले पराजित गरेको छ । यससँगै थ्रीस्टार रेलिगेसनबाट बचेको छ । यो नतिजापछि एपीएफ भने बी डिभिजनमा झरेको छ । यो जितपछि थ्रीस्टारको ३२ अंक भएको छ भने एपीएफ १३ औं स्थानमा झरेको छ ।

एपीएफ ३० अंकसहित पुछारबाट दोस्रो स्थानमा रह्यो । यसअघि अन्तिम स्थानमा रहेर खुमलटार पनि रेलिगेसन परिसकेको छ । रेलिगेसनबाट बच्नका लागि थ्रीस्टारलाई जावलाखेलविरुद्धको जितमा निश्चित जित आवश्यक थियो ।

कप्तान विक्रम लामाले ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । विक्रमलाई पेनाल्टी एरियामा प्रमिन श्रेष्ठले लडाएको थियो । एपीएफले ०६२ देखि ए डिभिजन खेल्न थालेको हो र त्यसको दसौं संस्करणमा आएर पहिलोपल्ट रेलिगेसनमा परेको छ । जावलाखेल भने ३७ अंकमै सीमित रह्यो ।

प्रकाशित : जेष्ठ २७, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?