कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन र स्याङ्जा पाल्पा गोल्डकप फुटबलको फाइनलमा भिड्ने 

माधव अर्याल

पाल्पा — पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगितामा सेन्ट्रल कलेज रोड्स चितवन र होराइजन फुटबल क्लब वालिङ स्याङ्जा फाइनलमा भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ । 

चितवन र स्याङ्जा पाल्पा गोल्डकप फुटबलको फाइनलमा भिड्ने 

बुधबारको दोस्रो सेमिफाइनलमा नेपाली सेनाको दि फेमस महिन्द्र दल गणलाई २–० ले पछि पार्दै होराइजन वालिङ स्याङ्जा फाइनल प्रवेश गरेको हो । तानसेन टुँडिखेलमा भएको खेलमा पहिलो हाफको ७ औं मिनेटमा टीकाराज गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा वालिङकै विवेक चौधरीले दोस्रो गोल गरेर टिमलाई बलियो बनाउँदै २–० ले जित निकाले ।

आक्रामक र रक्षात्मक खेलेको सेनाको महिन्द्र दलले निर्धारित समयमा गोल गर्नबाट चुक्यो । बुधबारको खेलमा गोल गरेका वालिङ स्याङ्जाका गुरुङले म्यान अफ दि म्याच भएर नगद तीन हजार पुरस्कार पाए ।

शनिबार हुने फाइनल प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ, पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) पाल्पाले जनाएको छ । विद्यागत उत्कृष्टले नगद ६ हजार र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित : जेष्ठ २४, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?