कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पा गोल्डकप : चितवन फाइनलमा

पाल्पा — पाल्पामा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा सेन्ट्रल कलेज रोड्स चितवन फाइनलमा प्रवेश गरेको छ । फोर ब्रदर्स पश्चिम नवलपरासीलाई २–० गोलले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।

पाल्पा गोल्डकप : चितवन फाइनलमा

तानसेनको टुँडिखेलमा भएको खेलमा पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । रक्षात्मक खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा चितवनका विक्की चाम्लिङ राईले गोल गरेर टिमलाई अग्रता दिलाए । ७० औं मिनेटमा रोड्स चितवनकै निरज थापा मगरले गोल थप्दै टिमलाई २–० ले विजयी बनाए । रोड्स चितवनका निरज म्यान अफ दी म्याच भए ।

बुधबार दोस्रो सेमिफाइनल नेपाली सेनाको दी फेमस महिन्द्र दल गण र होराइजन फुटबल क्लब वालिङ स्याङ्जाबीच दोस्रो सेमिफाइनल हुनेछ ।


प्रकाशित : जेष्ठ २३, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?