कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय रग्बी सेभेन्स शनिबारदेखि

काठमाडौँ — प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा वाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।

राष्ट्रिय रग्बी सेभेन्स शनिबारदेखि

प्रतियोगितामा पुरुष/महिलातर्फ ७–७ टिमको सहभागिता रहने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए । सात प्रदेशसहित विभागीय टोली आर्मी, पुलिस र एपीएफ टिमको सहभागिता रहने छ ।

प्रतियोगिता कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि छनोटका रूपमा समेत रहेको नेपाल रग्बी संघका प्रबन्ध निर्देशक विजय खड्काले बताए । दुईदिने प्रतियोगिताका खेल भक्तपुरको सानो थिमिस्थित खेल मैदानमा हुनेछ ।

प्रकाशित : जेष्ठ २०, २०८० ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?