१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ — प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

घोषित २३ सदस्यीय टिमको कप्तानमा किरण लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् । यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा र भरत खवास छन् । फरवार्डमा भने आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी छन् ।

प्रकाशित : चैत्र ७, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?