कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

एपी

मेलबर्न — एरोन फिन्चले मंगलबार सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । उनले कीर्तिमान ७६ खेलमा अस्ट्रेलियाका लागि २०– ट्वान्टी क्रिकेटमा कप्तानीको भूमिका निभाए ।

फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

उनकै नेतृत्वमा अस्ट्रेलियाले पहिलो पल्ट सन् २०२१ मा ट्वान्टी ट्वान्टी विश्वकप जितेको थियो । गत वर्ष अस्ट्रेलियामै भएको यसै विश्वकपमा पनि अस्ट्रेलियाले उनको नेतृत्वमा खेलेको थियो तर उपाधि भने रक्षा गर्न सकेन ।

माथिल्लो क्रमका ३६ वर्षीय ब्याटर फिन्चले अस्ट्रेलियाका लागि सन् २०१५ मा वान डे विश्वकप पनि जिते । उनले १२ लामो अन्तर्राष्ट्रिय खेल जीवनमा पाँच टेस्ट पनि खेले ।

प्रकाशित : माघ २४, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?