कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङद्वारा भूकम्प प्रभावित विद्यायलयलाई सहयोग

दोहा — खोटाङ सेवा समाजले आफ्ना जिल्लाका भूकम्प प्रभावित विद्यालयलाई सहयोग गरेको छ। त्यस अवसरमा जिल्लाका एसएलसीका सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ।

खोटाङद्वारा भूकम्प प्रभावित विद्यायलयलाई सहयोग


समाजले दिक्तेलमा कार्यक्रम आयोजना गर्दै खोटाङ बुइपा—८ स्थित पीपलडाँडा प्राथमिक विद्यालय र खिदिमा—५ स्थित साकेला निमाविलाई २५/२५ हजार रुपैयाँ सहयोग गरेको हो। सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुने खार्मी–२ का खजिन्द्र गुरुङ र दिक्तेल नगरपालिका–३ का विनोद आचार्यलाई नगद २०/२० हजार रुपैयाँको साथमा प्रसंसा–पत्रले सम्मान गरेको महासचिव रुद्र आर्चायले बताए। 
गुरुङले जालपा उच्च माविबाट ७१ दशमलव १२ अंक ल्याएर जिल्ला प्रथम भएका थिए भने, आचार्य वि.सं. २०७१ को परीक्षामा पञ्च मावि दिक्तेलबाट ८१ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका थिए।
खोटाङ एकता सेवा समाजका अध्यक्ष माधव राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए। 

प्रकाशित : भाद्र ८, २०७२ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?