कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ संरचनामा धनगढी क्रिकेट लिग

कान्तिपुर संवाददाता

धनगढी — धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्दै आएको धनगढी क्रिकेट लिग (डीसीएल) को तेस्रो संस्करण नयाँ संरचनाका आधारमा खेलाइने भएको छ ।

पहिलोपटक खेलाडीलाई अक्सन गरेर टिममा अनुबन्ध गर्न लागिएको हो ।
आगामी मंसिर २६ बाट सुरु हुने प्रतियोगिता तीन महिना चल्नेछ । खेलाडीलाई बढीभन्दा बढी म्याच एक्सपोजर दिई प्रतिभा तिखार्ने उद्देश्यले देशकै लामो अवधिको क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको हो, एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, प्रत्येक टिमका खेलाडीलाई अक्सनका आधारमा पारिश्रमिक दिइनेछ ।
उनले अक्सनमा पर्न प्रत्येक खेलाडी धनगढी क्रिकेट एकेडेमीमा दर्ता भएको हुनुपर्ने बताए । दर्ता भएका खेलाडीलाई विभिन्न टिम मालिकले न्यूनतम ५ हजारबाट खरिद सुरु गर्ने जनाइएको छ । खेलाडीको अक्सन भदौ २६ गते गरिनेछ । प्रतियोगितामा ८ वटा टिम सहभागी रहनेछन् ।
प्रत्येक टिमले आफ्नोमा खेलाडी अनुबन्ध गर्न अधिकतम १ लाख ८० हजारसम्म मात्र खर्च गर्न पाउने एकेडेमीले जनाएको छ । एउटा टिममा १८ जना खेलाडी, १ प्रशिक्षक र १ जना टिम म्यानेजर हुने उनले बताए ।

प्रकाशित : श्रावण १६, २०७२ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?