कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

हेटांैडा (कास)- नारी सीप सिर्जना केन्द्रले महिलालाई आर्थिक र सामाजिक रूपमा परिवर्तन गर्ने उद्देश्यले संयुक्त लालपुर्जा कार्यक्रम सञ्चालन गरेको छ।

संयुक्त लालपुर्जा वितरण
मंगलबार भार्ता गाविसकी दिलमाया र वीरबहादुर थिङलाई मालपोत कार्यालयबाट संयुक्त लालपुर्जा वितरण गरेर सुरुवात गरिएको हो। मनोबल उठाउन, घरेलु हिंसाबाट मुक्त गराउन र आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्रले भार्ता र नामटार गाविसका १४ दम्पतीलाई मंगलबार एक समारोहबीच संयुक्त लालपुर्जा वितरण गरेको थियो। लालपुर्जामा पतिको नामसँगै आपmनो नाम लेखेर पुर्जा प्राप्त गरेपछि खुसी लागेको भार्ताकी २४ वषर्ीया सरिता थिङले बताइन्।
मौरीपालनबाट ८ लाख
हेटौंडा (कास)- मकवानपुरको काँकडा १ सिलिङेका आइतेसिंह चेपाङले मह बिक्री गरेर ८ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन्। गत वर्ष उनले साढे २ लाखको मह बेचेका थिए। उनले मंसिरदेखि फागुनसम्म ८ लाखको मह बिक्री गरिसकेका छन्। अझै मह उत्पादन भइरहेको छ। यस वर्ष महको उत्पादन राम्रो भयो उनले भने, मह पोहोरभन्दा महँगो थियो। उनले अहिले ८० घारमा मौरी पालेका छन्। व्यावसायिक कीट विकास निर्देशनालय ललितपुरले उनलाई १० घार उपलब्ध गराएको थियो। मेलिफेरा जातको मौरी पालेर उनले मह उत्पादन गरेका हुन्।
चोरीमा संलग्न पक्राउ
बुटवल (कास)- प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न स्थानमा सामूहिक तथा छुट्टाछुट्टै चोरीमा संलग्न आरोपमा ८ लाई पक्राउ गरी इलाका प्रहरीले सोमबार सार्वजनिक गरेको हो। घर तथा पसलका सामानदेखि मठमन्दिरका मूर्ति र गरगहना चोरी गर्ने उनीहरूलाई बुटवल, नयागाउँ, मणिग्राम, पाल्पा लगायतका क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवल १३ का डिलबहादुर परियार, भारतको महाराजगन्जका राजु लोध, भैरहवाका अवरे आलम, राजेश चमार हरिजन, भारत महाराजगन्ज घर भई भैरहवामा बस्ने सैजन अली, पाल्पा मस्यामकी धनदेवी नेपाली र ठेगाना खुल्न नसकेका अनिल परियार छन्। उनीहरूलाई मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको डिएसपी दिलीप घिमिरेले बताए।
लोडसेडिङ नगर्न आग्रह
बुटवल (कास)- एसएलसी परीक्षा अवधिमा लोडसेडिङ नगर्न यहाँका अभिभावकले आग्रह गरेका छन्। विद्यार्थीको तयारी प्रभावित हुने भएकाले आपूर्ति सहज बनाइदिन अभिभावक संघ, रूपन्देही जिल्लाले आग्रह गरेको हो। संघ अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा स्कुल शिक्षा पूरा गर्ने महत्त्वपूर्ण परीक्षा भएकाले विद्यार्थीको भविष्यलाई ख्याल गरिदिन विद्युत् प्राधिकरणलाई आग्रह गरिएको छ। जसमा लोडसेडिङ गर्न परे पनि चैत ५ देखि दैनिक साँझ ६ बजेदेखि ११ बजेसम्म र बिहान ४ बजेदेखि ६ बजेसम्म लोडसेडिङ नहुने व्यवस्था मिलाउन माग गरिएको छ।


प्रकाशित : चैत्र ५, २०७१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?