१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

अर्जुन शाह

धनगढी — आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । 

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले जनाएको छ ।

मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरिसकेको छ ।

तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि राजनीतिक खटपट भएका स्रोतले जनाएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरु विभिन्न तह र तवरले छलफल गरिरहेको बुझिएको छ ।

आफ्नो दललाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा गरिएको समर्थन एकीकृत समाजवादीले मंगलबार फिर्ता लिएको थियो ।

प्रदेश प्रमुखले यसअघिको दाबी पेस आह्वानमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबारसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।

प्रकाशित : वैशाख ५, २०८१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?