कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकार जोगिने वा ढल्ने अन्योलताकाबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्ख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले संघमा नवगठित पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने स्वायत्त अभ्यास गर्ने बताए । दलको बैठकमा पार्टीका सात सांसदमध्ये पाँच जनाको उपस्थिति थियो ।

सांसद कैलाश चौधरी र टीका थापा बैठकमा अनुपस्थित थिए । सांसद कैलाश चौधरीले विस्वासको मत नदिने बताउँदै आए पनि दलका नेता चौधरीले उनलाई पनि मन्त्री बनाएर सहमतिमा ल्याउने र दलको निर्णयबाहिर कुनै पनि सांसद नजाने बताए । हाल नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना मन्त्री भइसकेका छन् ।

कमलबहादुर शाह नेतृत्वको कांग्रेस सरकारले विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिले समर्थन गर्दा पनि राप्रपा र स्वतन्त्र सांसदले समर्थन गर्नुपर्ने हुन्छ । नागरिक उन्मुक्तिले समर्थन गरे आफूहरू पनि समर्थन गर्ने उनीहरूले बताउँदै आएका छन् । कांग्रेसका १८, नागरिकका सात, एक राप्रपा र एक स्वतन्त्र गरी २७ जना पुग्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन जुटाउनुपर्नेछ ।

प्रकाशित : चैत्र ४, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?