कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पूर्वप्रधानमन्त्री चन्दको धनगढीमा नागरिक अभिनन्दन

चित्रांग थापा

धनगढी — पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्दबहादुर चन्दको ८५ वर्ष प्रवेशको अवसरमा बिहीबार धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।

पूर्वप्रधानमन्त्री चन्दको धनगढीमा नागरिक अभिनन्दन

चन्दले नेपाली साहित्य तथा चार पटक मुलुकको प्रधानमन्त्री भएर राजनैतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नागरिक स्तरमा गठित समितिका तर्फबाट अभिनन्दन गरिएको हो । पूर्वप्रधानमन्त्री चन्दलाई रथारोहण गराई धनगढी पार्कमोडदेखि बाजागाजाका साथ अभिनन्दन समारोह स्थल सहिद गेटनजिक सभाकक्षमा पुर्‍याइएको थियो । कार्यक्रमस्थलमा नागरिक अभिनन्दन मूल समिति तथा सुदूरपश्चिमका बिभिन्न संघसंस्थाका तर्फबाट अभिनन्दन गरिएको थियो ।

अभिनन्दन समारोहमा पूर्वप्रधानमन्त्री चन्दले मुलुकको राजनीति धमिलो अवस्थामा रहेको बताएकाछन् । उनले राजनीति सङ्लो भएमा मात्र देश विकास सम्भव भएकाले राजनीति सङ्लो पार्न सबै पक्षको एकजुटता आवश्यक भएको बताए ।

‘मुलुकको समृद्धिका लागि राजनीति सङलो पारेर अघि बढ्नु आजको आवश्यकता हो,’उनले भने, ‘राजनीति जति धेरै धमिलो भयो मुलुकको विकास र समृद्धि पछि पर्ने भएकोले आउने पिँढीका लागि हामीले सोच्नु पर्ने बेला आएको छ ।’

वरिष्ठ साहित्यकार चन्दले राजनीति र साहित्यको उद्देश्य एउटै रहेको बताए । उनले समाजमा बिद्यमान गल्ती, कमजोरी हटाएर समृद्धितिर उन्मुख हुने साहित्य र राजनीतिको एउटै लक्ष्य रहेको बताए ।चन्द मदन पुरस्कार प्राप्त गर्ने बरिष्ठ साहित्यकार पनि हुन् ।‘अब यो उमेरमा पुगेर केही झन्झटमा नलाग्ने सोचेको थिए,’ चन्दले भने, ‘तर मैलै यस अभिनन्दनबाट थप प्रेरणा पाप्त गरेको छु ।’ आफु यतिवेला कुनै अर्के मान्छे पो हु कि भन्ने महसुस भइरहेको उल्ल्खे गर्दै उनलेभने, ‘यो सभा मेरा लागि आशिर्वाद र प्रेरणा हो, जहाॅ बसेर प्रेम, सद्भाव हुन्छत्यहाॅ अवगुण हॅुदैन यहाॅ प्राप्त प्रेरणा म सधै बोकी हिड्ने छु ।‘

पूर्वप्रधानमन्त्री चन्दलाई उनले बाल्यकाल र किशोरावस्थामा अध्ययन गरेको भारत पिथौरागढबाटसमेत आएका श्रीकृष्ण मन्दिरका तर्फबाट अभिनन्दन गएिको थियो । उनले ६ वर्षसम्म पिथौरागढमा बिताएका दिन सम्झदै भने, ‘बाल्यकाल, र किशोवस्थामा भएको अवस्थामामानिस प्रशन्न हुन्छ, आशा हुन्छ,र उत्साह हुन्छ ।’

धनगढीका व्यवसायी तथा समाजसेवी माया प्रकाश भट्टको संयोजकत्वमा सुदूरपश्चिमका बिभिन्न क्षेत्रका २५१ जना सदस्य रहेको नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा दार्चुलाको अपिहिमाल गाउॅपालिकादेखि कैलालीका थारु समुदाय तथा बाजुराको भूवा नाॅच, देउडा नृत्य लगायतका लोक संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रकाशित : फाल्गुन ३, २०८० २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?