कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको संगठन अभियान

धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिमले संगठन सुदृढीकरणका लागि विशेष अभियान थालेको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले प्रदेशका ८८ वटै स्थानीय तहका ७ सय ३४ वडामा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेसको संगठन अभियान

कांग्रेसको प्रदेश समितिका सञ्चार समितिका बेदप्रकाश तिमिल्सेनाका अनुसार अभियान सफल पार्न प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा प्रदेश समितिबाट प्रतिनिधि खटाएको बताएको छ । समितिले वडा तहसम्म सञ्चालन हुने अभियानमा ३२ वटै निर्वाचनमा ५२ प्रतिनिधि खटाएको छ । चैतभरि सञ्चालन हुने अभियानलाई गतिशील बनाउन प्रदेश कार्यसमिति सदस्यलाई जिल्ला कार्यसमितिको समन्वयमा काम गर्ने गरी प्रदेशसभा प्रतिनिधि तोकिएको उनले बताए ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?