दार्चुलाको लाली क्याम्पसमा अनेरास्ववियुको संयुक्त टीम विजयी- सुदूरपश्चिम - कान्तिपुर समाचार

दार्चुलाको लाली क्याम्पसमा अनेरास्ववियुको संयुक्त टीम विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा विजयी भएकी छन् । उनी नेपाल विद्यार्थी संघका विनोद टमटालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन् । 

स्ववियु निर्वाचन समितिका अनुसार कुल खसेको ६९ मतमध्ये ३६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेविसंघका विनोद टमटाले ३२ मत प्राप्त गरेका थिए । लाली क्याम्पसको सचिवमा गठबन्धनका जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी भएका छन् ।

स्ववियुको सदस्यहरुमा नेत्रविक्रम चन्द निकटका भुवन जोशी र नेविसंघका गीता चन्द निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघको प्यानलै विजयी

मनोज बडू

दार्चुला — दार्चुला महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघ विजयी भएको हो ।

सभापतिमा नेविसंघका सरोज ग्वाइला विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको दत्तु क्याम्पसमा अनेरास्ववियुकी संयुक्त उम्मेदवार मनिषा धामीलाई ८ मतले पछि पार्दै सभापतिमा नेविसंघको ग्वाइला प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले र माओवादी निकट विद्यार्थीहरुका संयुक्त उम्मेदवार धामीले कुल खसेको मत ७१ मध्ये ३० मत प्राप्त गर्दा नेविसंघका ग्वाइलाले ३८ मत प्राप्त गरेका थिए । ८१ मतदाता रहेको दत्तु क्याम्पसमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×