१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन वैशाख २१ र २२ गते 

नवीन पौडेल

परासी — नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन यही वैशाखको २१  र २२ गते  सुनवलमा हुने भएको छ । 

एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन वैशाख २१ र २२ गते 

एमाले नवलपरासीले पत्रकार सम्मेलनमार्फत अधिवेशनबारे जानकारी गराएको हो । जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले बताए । उनका अनुसार अधिवेशनका लागि वैशाख १७ गते जिल्लाको ७ स्थानीय तहका ७४ वडाबाट चार सय २१ जना प्रतिनिधि छनौट गरिनेछ ।

अधिवेशन सम्पन गर्नका लागि १३ वटा उपसमिति गठन गरिएको छ । जसमा जिल्ला अध्यक्ष अधिकारीको संयोजकमा राजनीतिक प्रतिवेदन लेखन समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा धिरज शर्मा बस्याल, प्रचार-प्रसार उपसमितिमा राजनकुमार आचार्य, आर्थिक व्यवस्थापन उपसमितिमा डोलराज भण्डारी, खाद्य तथा आवास व्यवस्थापन समितिमा रामचन्द्र भण्डारी लगायतका छन् । जिल्ला अधिवेशनको लोगोसमेत सार्वजनिक गरिएको छ ।

७ स्थानीय तह रहेको जिल्लामा पाल्हिननदन गाउँपालिकाबाहेक सुनवल, रामग्राम,सरावल, प्रतापपुर, बर्दघाट र सुस्तामा पालिका अधिवेशनसम्पन गरिसकेको छ । जिल्लामा ४ हजार ६ सय ४९ जना संगठित सदस्य रहेको पार्टी जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?