कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दाङ — तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बिहिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मानपुरका ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडकखण्डमा बिहान१० बजे बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा पौने १२ बजे मृत्यु भएको प्रहरीले मल्लले जानकारी दिए ।

प्रकाशित : वैशाख ६, २०८१ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?