कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

नवलपरासीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुइँचो

नवीन पौडेल

परासी — नयाँ वर्षको अवसरमा पूर्वी र पश्चिम नवलपरासीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा तीथार्लु तथा पर्यटकको घुइँचो लागेको छ । 

नवलपरासीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुइँचो

पूर्वी नवलरासीको नारायणी नदीमा स्नानका लागि हजारौं भक्तजन गजेन्द्रमोक्षधाम पुगेका छन् । भारत तथा नेपालका विभिन्न भागबाट भक्तजनहरु स्नानका लागि त्रिवेणी आएको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए । नारायणी, तमसा र सोनभद्ध नदीको संगमस्थल त्रिवेणीमा स्नान गर्नाले पाप तथा दोष नष्ट हुने जनविश्वास छ ।

धार्मिक मान्यताअनुसार नयाँ वर्षको संक्रान्तिमा राशी अनुसारको दोष लाग्ने भएकाले नारायणी नदी तथा धार्मिक स्थलमा गएर स्नान गर्नाले दोष मेटीने मान्यता छ ।

यसैगरी जिल्लाको अमलटारी , पिठौली , पितौजमा पनि भक्तजनको घुइँचो लागेको छ । नयाँ वर्षमा नयाँ काम र दिन शुभहोस भन्नका लागि दाउन्नेदेवी मन्दिर, मौलाकालिका, महाराजाथान, शाश्वत धाम, अकलादेवी मन्दिरमा पुर्जाअचर्नाका लागि भक्तजनको घुइँचो लागेको छ । धार्मिकस्थल बाहेक पर्यटकीय क्षेत्रमा पनी स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानाले बताए ।

पश्चिम नवलपरासीको बाबा बर्दगोरीया, पाल्हिभगवती मन्दिरमा टाढाटाढाबाट भक्तजन आएका छन् ।

प्रकाशित : वैशाख १, २०८१ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?