कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

साढे नौ किलो गाँजासहित एक व्यक्ति पक्राउ

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका–७ स्थित घरबाट गाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए ।

गोडियाको घरबाट तराजु एक थान,एक किलोको ढक, एक पाउ ढुंगासहित बरामद गरी गोडियालाई नियन्त्रणमा लिएको उनले जनाए । घरमा एक्लै बस्दै आएका गोडियाको श्रीमती बितेपछि छोराहरु छुट्टिएर बस्दै आएका छन् ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?