कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका–६ शान्तिटोलमा एक सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

प्रहरीले स्थानीय ५६ वर्षिय सईद अहम्मद मनिहारलाई पक्राउ गरेको हो । उनले करिब २७ वर्षकी ती महिलालाई बिहीबार राति सवा दश बजे घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

उनका अनुसार ती महिलामाथि बलात्कार भएको स्थानीयबासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?