२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

भन्सार छलेर भारतबाट ल्याइएको ३ सय ५ बाेरा केराउ बरामद

भैरहवा — रुपन्देही प्रहरीले बिहीबार दिउँसो भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद गरेकाे छ ।

भन्सार छलेर भारतबाट ल्याइएको ३ सय ५ बाेरा केराउ बरामद

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टाेलीले सिद्वार्थनगर नगरपालिका- ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेकाे जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार कपिलवस्तुकाे सुठाैंली भन्सारबाट ४५ बाेरा मकैकाे भन्सार गरेर त्यसमै ठूलाे परिमाणमा केराउ भित्र्याइएकाे अनुसन्धानबाट खुलेकाे छ ।

मकै बाेकेकाे भनिएकाे यूपी१५सीटी८१९८ नम्बरकाे ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यकाे ३ सय ५ बाेरा केराउ बरामद भएकाे हाे । ट्रकमा रहेकाे ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बाेरा मकैकाे मात्र भन्सार गरिएको पाईएकाे छ ।

प्रहरीले बरामद मकै, केराउ र १८ लाख मूल्य बराबरकाे ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री भन्सार बुझाएको जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०८० १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?