कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

कुखुरा र बाख्रा फार्ममा आगलागी

कमल पन्थी

बर्दिया — बुधबार बिहान करिब साढे दुई बजे बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीमा रहेको कुखुरा र बाख्रा फार्ममा आगलागी भएको छ ।

वीरमान भण्डारीको खोरमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बताए । आगलागीका कारण खुल्न सकेको छैन । स्थानीयवासी,प्रहरी र दमकलको सहयोगमा बिहान ५ बजे आगो निभाइएको डीएसपी अर्यालले बताए ।

प्रकाशित : चैत्र २१, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?