कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

पाँच किलो बढी चरेशसहित महिला पक्राउ

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको चेकपोष्टले शंकास्पद रुपमा भारत लैजाँदै गरेको लागूऔषध चरेशजस्तो देखिने पदार्थ सहित एक महिलालाई पक्राउ गरेको छ ।

पाँच किलो बढी चरेशसहित महिला पक्राउ

दाङको लमही नगरपालिका-४ की ४५ वर्षीया आशा राईलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट ५ किलो ९ सय २५ ग्राम लागूऔषधसहित राईलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक चित्रांग दाहालले बताए ।

ती महिलाको साथबाट प्रहरीले नेपाल भारत सीमा नाकाबाट राईका साथ बाट ३ हजार रुपैयाँ भारु र १ हजार २ सय रुपैयाँ नेपाली रुपैयाँसहित ती महिलालाई पक्राउ गरिए बरामद गरिएको जनाए ।

नेपाल भारत सीमा नाकामा पक्राउ परेकी राईलाई आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाइएको छ । भारत तर्फ जाँदै गर्दा सशस्त्र प्रहरी बलले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित : चैत्र १९, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?