कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा आएको असिना र पानीले करिब ४ करोड रुपैयाँबराबरको काँचो इँट्टा नष्ट भएको छ । इँट्टा बनाउने समयमा आएको वर्षाले तयारी अवस्थामा रहेको इँट्टामा क्षति पुर्‍याएपछि व्यवसायी चिन्तित बनेका छन् ।

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

जिल्लामा रहेका २२ वटा उद्योगमा सोमबार राति आएको असिनासहितको वर्षाले १ करोड २५ लाख रुपैयाँभन्दा बढी तयारी अवस्थाको काँचो इँट्टा नष्ट भएको इँट्टा व्यवसायी महासंघका जिल्ला सदस्य एवं तिरुपति इँट्टा उद्योगका सञ्चालक गोपाल भट्टराईले बताए ।

वर्षभरिका लागि तयार पार्ने समयमा नै वर्षाले क्षती पुर्याएपछि उत्पादन घट्ने र मूल्य बढ्न सक्ने आकलन गरीएको छ ।

आर्थिक मन्दीको समयमा भारतबाट अग्रिम भुक्तानी गरेर कामदार ल्याएर गरीएको काममा क्षति पुग्दा व्यवसाय धराशायी हुने अवस्था आएको व्यवसायीको गुनासो छ । क्षतिको विवरण संकलन गरेर उचित क्षतिपूर्ति दिनुपर्ने व्यवसायीले माग गरेका छन् ।

प्रकाशित : चैत्र १४, २०८० १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?