कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो ।

उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम

मंगलबार स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्य कार्यालयको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठीमा उक्त कुरा जानकारी गराइएको हो । त्यस्तै, सम्मरिमाई गाउँपालिका दोस्रो, सिद्धार्थनगर नगरपालिका तेस्रो र बुटवल उपमहानगरपालिका चौथो भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

उनले उक्त पालिकाले जस्तै सबै पालिकाले स्वास्थ्य सेवामा ध्यान दिने हो भने जिल्लालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक बनाउन सकिने बताए । हामीले गर्ने सहयोगमा हामी सधैं तत्पर छौं,’ उनले भने, ‘पालिकामा रहेका स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिले पनि स्वास्थ्यका हरेक समस्यामा नागरिकको हेरचाह तथा सहज सेवा प्रदानमा केन्द्रित हुन जरुरी छ ।’

गोष्ठीमा जिल्लामा रहेका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संघसंस्था तथा १६ वटा पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ का लागि योजना तर्जुमासमेत गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?