कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा अनेरास्ववियुद्वारा प्रदर्शन

अमृता अनमोल

बुटवल — पेट्रोलियम पदार्थको मूल्यवृद्धविरुद्धमा विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सिद्धार्थ राजमार्गको बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा प्रदर्शन गरेका हुन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा अनेरास्ववियुद्वारा प्रदर्शन

मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित बिहान ८ देखि एक घण्टा चक्काजाम गरेका थिए । सरकारले प्रटोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको छ ।

सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।

प्रकाशित : श्रावण ३१, २०८० १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?