कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद

अमृता अनमोल

बुटवल — रुपन्देहीबाट ३ सय ५० बोरा अवैध मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।

भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद

बिहीबार साँझ साढे ७ बजे सडक किनारामा लुकाइछिपाइ राखेको अवस्थामा रुपन्देही प्रहरीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बताए ।

यस्तै, ५० केजीको बोरामा राखिएका ६४ बोरा चामल पनि त्यही स्थानबाट बरामद भएको छ । फेला परेका अवैध सामान स्थानियको रोहaरमा बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाइएको प्रवक्ता अर्यालले बताए ।

प्रकाशित : जेष्ठ २६, २०८० ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×