कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा अस्थिरता : मुख्यमन्त्री गिरी

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा देश अस्थिरतातर्फ धकेलिएको बताएका छन् ।

राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा अस्थिरता : मुख्यमन्त्री गिरी

प्रेस चौतारी रुपन्देहीको शनिबार बुटवलमा आयोजित २४ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आफ्नो मात्रै व्यक्तिगत स्वार्थमा अल्झिँदा मुलुकको राजनीति चिन्ताजनक अवस्थामा पुगेको बताए । यसैकारण अस्थिरताबाट सीमित समूहले फाइदा उठाउन थालेको र संघीयताविरोधी शक्ति चलमलाएको उनले बताए ।

मुख्यमन्त्री गिरीले 'संघीयता चाहिँदैन, प्रदेश आवश्यक छैन' भन्नेहरु बढ्दै गएको भन्दै त्यस्तालाई मलजल हुनेगरी गतिविधि नगर्न पनि आग्रह गरे । ‘जोसुकै सरकार र नेतृत्वमा भए पनि हामीले अस्थिरताको विरुद्धमा माहोल खडा गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखिनुपर्छ ।’

मुख्यमन्त्री गिरीले सिंगो मिडिया राष्ट्र र राष्ट्रियताका पक्षमा खुलेर लाग्नुपर्ने बताए । ‘सरकारका राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामको भण्डाफोर गरौं,’ उनले भने, ‘यसले मात्रै राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई निरुत्साहित गर्न र अस्थिरता निम्त्याउने काम रोक्न सकिनेछ ।’

मुख्यमन्त्री गिरीले पत्रकारको पेसागत हक, आर्थिक सवलता र सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्ने बताए । पत्रकारको क्षमता वृद्धि, पेशागत हक हित र सामाजिक सुरक्षाका लागि केही काम गरे पनि राजनीतिक अस्थिरता र देशको आर्थिक अवस्थाका कारण सोचेजस्तो गर्न नसकिएको उनले जनाए ।

प्रकाशित : वैशाख २, २०८० १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?