कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाँकेमा होटलबाट नक्कली पैसा छाप्ने मेसिन बरामद

रुपा गहतराज

बाँके — बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नोट बरामद गरेको छ । धम्बोझी चोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।

कोठामा खोजतलासी गर्दा ५० रुपैयाँका केही थान नक्कली नोट र पैसा छाप्ने प्रिन्टर बरामद गरेको छ ।

होटलमा पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको हो । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होटलमा बसेका व्यक्तिलाई भने पक्राउ गरेको छैन । प्रहरीले ती व्यक्तिलाई खोजिरहेको जनाएको छ । एसपी राठौरले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताए ।

प्रकाशित : माघ ४, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×