१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ (स्याङजा) — स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा शुक्रबार जलेर मृत्यु भएको छ । 

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?