१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

सभामुखले अनिश्चितकालसम्मलाई स्थगित गरेका छन् । सोही क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री अधिकारीले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा रहेको र सोही मुद्दालाई प्रभावित गराउन बैठक बहिष्कार भएको टिप्पणी गरेका थिए ।

गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार कार्यसूची सार्वजानिक गरेपछि बैठक केहीबेर बसेको थियो । बैठकमा कांग्रेस र राप्रपा सहभागी थिएनन् ।

प्रतिपक्ष दलले बैठक नै बहिष्कार गरेपछि अनिश्चितकाल सम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी गराएका थिए । प्रदेश प्रमुखको बैठक आहृवानसम्बन्धी पत्र पढेर सुनाएका सभामुखले प्रतिपक्षलाई बैठकमा आह्रवानसमेत गरेका थिए । तर, प्रतिपक्षका कुर्ची खाली भएपछि सभामुखले बैठक स्थगित गर्नुपरेको हो ।

दिउँसो तीन बजे बस्ने भनेको बैठक चार बजे बसेको थियो । कांग्रेसले बैठक बहिष्कार गर्ने भनेर सभामुखलाई पत्र बुझाएर हिडेपछि कार्यव्यवस्था परामर्शका बैठकमा समेत सहभागी भएन । कार्यव्यवस्थाको बैठकमा सत्तापक्ष एमाले–माओवादी मात्र सहभागी थिए । उक्त बैठक पनि लामोसमयसम्म चलेको थियो ।

कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्रवान सम्बन्धी पत्र पढेर सुनाउने र विनाविभागीय मन्त्री हरिबहादुर चुमानले ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश गर्नेबारे उल्लेख थियो ।

बैठक स्थगित भएपछि मुख्यमन्त्री खगराज अधिकारीले प्रतिपक्षको सम्मान गरेको प्रतिक्रिया दिए । सरकारले सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने समय बैठक आह्रवान गर्नुपरेको मुख्यमन्त्रीले बताएका छन् ।

प्रकाशित : वैशाख ७, २०८१ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?