३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

दुर्घटनामा चालकसहित ३ जना घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वीरामार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार बिहान भएको दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । 

दुर्घटनामा चालकसहित ३ जना घाइते

पोखराबाट दमौली तर्फ आउँदै गरेको ना५ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको वाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ बस्ने ३१ वर्षीय विकाश त्रिपाठी रहेका छन् । यस्तै कारमा सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सन्जीव भण्डारी घाइते भएको प्रहरीले बताएको छ।

घाइतेहरूको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०८० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?