१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

दुई नाल भरुवा बन्दुक र खरखजानासहित ७ जना पक्राउ

सम्झना रसाइली

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ हटिया भुसुनापुरमा भरुवा बन्दुकसहित पक्राउ परेका ७ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

दुई नाल भरुवा बन्दुक र खरखजानासहित ७ जना पक्राउ

पक्राउ पर्नेमा सोही ठाउँ घर भइ हाल शुक्लागण्डकी ५ बेलचौतारा बस्ने ५२ वर्षीय सरिफकुमार चन्द, शुक्लागण्डकी–११ भुसुनापुर बस्ने ४० वर्षीय युवराज राना, भुसुनापुरकै ४० वर्षीय लक्ष्मण शाही, ७९ वर्षीय केबलबहादुर चन्द, शुक्लागण्डकी ५ बस्ने ४२ वर्षीय दुर्गावीरजंग ठकुरी, ५६ वर्षीय कुलबहादुर शाही, ६८ वर्षीय यमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट दुईनाले भरुवा बन्दुक एक थान, एक नाले भरुवा बन्दुक एक थान, बारुद जस्तो देखिने कालो रङको धुलो पदार्थ एक डब्बा, राइफलको जस्तो देखिने गोलीको धातुको भाग ६५ थान, सानो बेरिङ एक सय ९२ थान, ठूलो खालको साइकलको बेरिङ छ थान, सिसा तथा बेरिङका टुक्रा १५ थान बरामद गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

शुक्लागण्डकी–११ भुसुनापुरस्थित परारे भिर जंगलमा गत शुक्रबार सरिफकुमार चन्दले शंकास्पद गतिविधि गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको थियो । सो घटनामा संलग्नताका आधारमा प्रहरीले अन्यलाई पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध आइतबार तनहुँ जिल्ला अदलतबाट हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको छ ।


प्रकाशित : फाल्गुन २७, २०८० २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?