कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध, मुक्तिनाथ जाने तिर्थालु अलपत्र

घनश्याम खड्का

(म्याग्दी) — सोमबार साँझदेखि लगातार परिरहेको भारीपछि बेनी–जोमसोम सडक अन्तर्गत रघुगंगा गाउँपालिका–२, बैसरी र स्याउलीभट्टीमा सडकमा पहिरो झरेकोले यातायात अवरुद्ध छ ।

यस्तै, सोही सडकको अन्नपूर्ण गाउँपालिका–२, नौनीबगर र वडा नम्बर ३ गुईंठेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागवेनी/मुक्तिनाथमा सोह्र श्राद्ध गर्न गएका तिर्थालुहरु बाटोमा अलपत्र परेका छन् । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरु पहिरोमा फसेको प्रहरीले जनाएको छ ।

यस्तै, सदरमुकाम बेनीबाट पश्चिमतर्फ बेनी–दरवाङ सडकको बेनी नपा–४, फापरखेत (घुमाउनेभीर) र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ । पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाहरु सोझो याातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : आश्विन १७, २०८० १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?