कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आँबुखैरेनी–गोरखा सडकको मझुवामा पहिरो खस्यो

गोरखा — आँबुखैरेनी–गोरखा सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–१३ मझुवामा पहिरो खसेको छ । पहिरोले सडक ढाकेपछि आवागमन प्रभावित बनेको छ ।

आँबुखैरेनी–गोरखा सडकको मझुवामा पहिरो खस्यो

शुक्रबार बिहानैबाट पहिरो पन्छाउन काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख वेदानाथ भण्डारीले बताए ।

‘केहीबेर अघिबाट आलोपालो गरेर एकतर्फी सवारी चल्न थालेको छ, सबै पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालन गर्न अझै केहीबेर लाग्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १५, २०८० ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?