कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा हुचीलसहित दुई जना पक्राउ

हरिराम उप्रेती

गोरखा — जंगली पंक्षी हुचीलसहित गोरखामा दुई युवक पक्राउ परेका छन् । सहिद लखन गाउँपालिका–६ का २६ वर्षीय मोहन थापा मगर र सोही ठाउँका २५ वर्षीय विकास थापालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखामा हुचीलसहित दुई जना पक्राउ

उनीहरूको साथबाट दुईवटा हुचील पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

‘घरमा पालिरहेको अवस्थामा हुचील फेला पारेका हौँ,’ उनले भने । नेपालमा २३ प्रकारका हुचील पाइन्छ । हुचीलसहित पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यलयका सूचना अधिकारी महेश पौडेलले बताए ।

‘बेचविखनका लागि हो कि, कुन प्रयोजनका लागि हुचील घरमा पालेको पाइयो । अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । यसअघि विभिन्न स्थानमा हुचील अवैध रुपमा चोरी निकासी हुने गरेको पनि पाइन्छ ।

प्रकाशित : जेष्ठ २०, २०८० १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?