कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मागसहित अनसन

नवीन पौडेल

नवलपुर — माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित पूर्वी नवलपरासीको कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा बसेका छन् । नेपाल विद्याार्थी संघ नवलपुर कावासोतीको अगुवाइमा विद्यार्थीहरु रिले अनसनमा बसेका हुन् ।

माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मागसहित अनसन

यसअघि नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने, नगरपालिका घेराउ गर्ने जस्ता कार्यक्रम गरेको नेविसंघले माग पूरा गर्न नगरपालिकाले चासो नदिएको भन्दै अनसन सुरु गरेको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।

स्थानीय निर्वाचनमा घोषणापत्रमा माध्यमिक तह निःशुल्क गर्ने भनेर मत मागेको र कार्यान्वयन नगरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आगामी वर्षको निती तथा कार्यक्रम र बजेटमा नगर भित्रका सरकारी तथा सामुदायिक विद्यालयमा माध्यमिक तह सम्म निःशुल्क शिक्षा हुनुपर्ने र कुनै पनि बहानामा शुल्क लिन नपाउने

सुनिश्चितताको माग गर्दै अनसन बसेको नेविसंघ कावासोती नगर इकाइका सभापति कुमार क्षेत्रीले बताए । जिल्लाको आठवटै स्थानीय तहमा नेविसंघले खबरदारी गर्ने र माध्यमिक तहको शिक्षा निःशुल्क गराउन थप आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?