कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अवरुद्ध महेन्द्रराजमार्ग खुल्यो

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सनमा फसेको गाडी निकालेपछि बुधबार बिहानबाट अवरुद्ध भएको चोरमारा अरुखोला खण्ड खुलेको छ ।

अवरुद्ध महेन्द्रराजमार्ग खुल्यो

सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण बुधबार बिहान साढे ५ बजेबाट राजमार्ग अवरुद्ध सडक अहिले केहिबेर अघिबाट खुलेको प्रहरीले जनाएको छ ।

काम थालेको साढे ४ वर्षको अवधिमा २८ प्रतिशत मात्र काम सम्पन्न भएका कारण राजमार्गमा खाल्डैखल्डा र धुलैधुलो छ । सामान्य झरीमा समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १०, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?