कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा न्यौपाने नियुक्त

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् । गोरखा कांग्रेस सभापतिसमेत रहेका न्यौपाने गोरखा क्षेत्र नम्बर १ को २ प्रदेशसभामा निर्वाचित भएका थिए ।

कांग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा न्यौपाने नियुक्त

मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

प्रदेशसभामा सचेतक र अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।


प्रकाशित : वैशाख २४, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?