कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा माओवादी संसदीय दलको बैठक बस्दै

सरकारबाट बाहिरिने निर्णय गर्दै

काठमाडौँ — गण्डकी प्रदेशमा माओवादी संसदीय दलको बैठक शुक्रबार बस्दै छ । उक्त बैठकका लागि माओवादी सांसदहरू बिहान ११ बजे पोखरामा भेला हुँदै छन् ।

गण्डकीमा माओवादी संसदीय दलको बैठक बस्दै

उक्त बैठकले एमालेलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गर्ने संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । यसबारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले फोनमार्फत बिहीबारै जानकारी गराएको र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको उनले बताए ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?