कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसले ठक्कर दिँदा एकको मृत्यु

म्याग्दी — मुक्तिनाथ मन्दिर दर्शन गरी उपल्लो मुस्ताङको कोरोला नाकातर्फ जाने क्रममा बसले किच्दा सोही बसमा यात्रारत एक तीर्थयात्रुको मृत्यु भएको छ ।

बुधबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा भे १ ख २७५४ नम्बरको बसले नवलरासी पूर्वको गैंडाकोट–४ की ७६ खिलमाया श्रेष्ठलाई किचेको हो । उनको दायाँ खुट्टामा बसले किचेको प्रहरीले जनाएको छ ।

मुस्ताङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएका मुस्ताङ प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटबाट आएको टोली मुक्तिनाथ दर्शनपछि कोरोला नाकातर्फ जाने क्रममा छुसाङमा चियापानका लागि रोकिएको थियो । चियापानपछि बस चलाउँदा सोही बसमा यात्रारत श्रेष्ठ बस चढ्ने क्रममा दाहिने खुट्टा बसले किचेको थियो ।

प्रकाशित : चैत्र ८, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?