२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महेन्द्र राजमार्ग फेरि अवरुद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।

महेन्द्र राजमार्ग फेरि अवरुद्ध

चोरमारा र अरुणखोलाको बीचमा रहेको गंडारखोलामा ट्रकको पट्टा खसेर गाडी फस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीका सई टीकाराम पोख्रेलले जानकारी दिए । राजमार्ग फराकिलो बनाइँदा निर्माण गरिएको डाइभर्सनमा रातोमाटोको हिलोमा गाडी फसेको हो । दुवै ट्रकको क्राउन भाचिएर फसेपछि पूर्व-पश्चिम हिँडेका गाडी अरुणखोला र चोरमारा बीचको जंगलमा रोकिएका छन् ।

सोमबार राति साढे १० बजेबाट चोरमारा कावासोती बीचको ४० किलोमिटर भन्ने स्थानमा जाममा परेका गाडी झ्यालबास र कोल्हुवा हुँदै वारपार गराइएको थियो । दुवै भित्रि सडकबाट निस्केका गाडी फेरि राजमार्गमै निस्कन्छ । राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका गाडी फेरि अरुणखोला नजिक जाममा पर्दा सयौं यात्रु अलपत्र परेका छन् ।

प्रकाशित : चैत्र ७, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?