उद्योग वाणिन्य महासंघ गण्डकी अध्यक्षमा भट्टचन

नारायण शर्मा

पूर्वी नवलपरासी — उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भटटचन चुनिएका छन । गैडाकोट उद्योग वाणिन्यसंघका संस्थापक अध्यक्ष भटटचन गोलाप्रथावाट अध्यक्ष भएका हुन ।

स्याङ्जाका शोभाकान्त पौडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकोमा गोला तान्दा अमृत अध्यक्षमा चुनिएका हुन् । गैंडाकोट निवासी भट्टचन उद्योग वाणिज्य महासंघ कार्यकारीणी सदस्य समेत हुन् । व्यवसायी भट्टचन पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेसबाट निर्वाचित क्षेत्रीय सभापति समेत हुन् ।

प्रकाशित : चैत्र ७, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

बाघले मार्‍यो घडियाल गोही

रमेशकुमार पौडेल

चितवन — सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्ने बुढी राप्ती खोलाको किनारमा मंगलबार बिहान एउटा पोथी घडियाल गोही मृत फेला परेको छ ।

गोहीलाई बाघले आक्रमण गरेर मारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । घडियाल सफा पानी बग्ने नदी र खोलामा बस्छ । अन्डा दिने बेलामा पानी बाहिर निस्केर बालुवाको ढिस्को खोस्रेर गुँड बनाउँछ । घडियाल गोही दुर्लभ जीव हो ।

त्यसैगरी बाघले घडियाल मारेको घटना पनि निकै कम हुने घडियालको क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेर सरकारी सेवाबाट अवकाश पाएका पूर्वसहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले सुनाए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले गत वर्ष सोही क्षेत्रमा बाघले मगर गोही मारेको बताए । ‘अहिले पनि घडियाललाई बाघले मारेको हो । जहाँ घटना भयो त्यहाँ बाघको पाइलैपाइला छ । अलि परसम्म घिसारेर लगेको पनि छ‚’ तमाङले भने । गोहीले बुढी राप्ती खोला किनारमा अन्डा दिन गुँड बनाउने गर्थ्यो । गोहीको उमेर अन्दाजी २५ वर्षको थियो ।’

चैतको पहिलो सातादेखि घडियाल गोहीले अन्डा दिन सुरु गर्ने खड्काले बताए । चितवन निकुञ्जमा कार्यरत हुँदा खड्का कसराको घडियाल गोही प्रजनन केन्द्रका प्रमुख थिए । गोहीको अन्डा संकलन गर्न र प्रजनन केन्द्रमा राख्न उनी नदी किनार धाउने गर्थे । ‘२० वर्ष त्यसरी हिँड्दा बाघले मारेको गोही जम्मा दुई-चारवटा भेटेकझ हुँ । गोही बाघको आहारा होइन । पानीमा बस्ने जीव नभएर बाघको आहारा जमिनमा बस्ने मृग, बँदेल र अरू हुन् । तर‚ बाघले कहिलेकाहिँ अन्य जीव जनावरलाई पनि आहारा बनाउँछ‚’ खड्काले भने । गुँडमा अन्डा दिएर कुरेर बसेका ठूला माउ घडियाल बाघको आक्रमणमा पर्न सक्ने उनले बताए ।

माछा मार्ने जालमा परेर वा मान्छेका कारणले मरेको गोहीलाई बाघले मार्‍यो भनेर जागिने उपाय पनि लगाउन सक्ने भएकाले निकुञ्ज प्रशासनले सजग भएर अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ । सफा पानी भएको खोला र नदीमा बस्ने माछा मात्र खाने भएकाले नदी र खोलाहरूमा बढेको प्रदूषणका कारण माछा कम हुँदै गएपछि घडियाल गोही संकटमा छन् । यी गोहीहरूको संख्या अत्यन्त कम भएपछि ४० वर्षअघि कसरामा प्रजनन केन्द्र खोलेर त्यहाँ हुर्केका घडियाललाई नदीमा छाड्ने गरिएको छ । तर पनि घडियालको संख्या खासै बढेको भने छैन ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवनमा राप्ती नदी र यस आसपासका खोलामा १३३ तथा नारायणी नदी क्षेत्रमा १०६ गरेर कूल २३९ वटा घडियाल गोहीहरू रहेको पछिल्ला अनुगमनले देखाएको छ । ८० वर्षसम्म बाँच्ने घडियालले १५ वर्षको हुँदा अन्डा दिन सुरु गर्छ । लगभग ५० वर्षसम्म अन्डा दिन्छ । अन्डाबाट ६५ देखि ९० दिनपछि बच्चा निस्कन्छ । २० देखि ४०/४५ सम्म अन्डा पारे पनि सबैबाट बच्चा जन्मिदैनन् । प्राकृतिक बासस्थानमा अनेकौँ चुनौती झेल्नुपर्ने हुनाले अड्डाबाट निस्केका घडियालका बच्चा हुर्किने दर पनि निकै कम छ ।

प्रकाशित : चैत्र ७, २०७९ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×