हेलिकप्टर पाइलटलाई अभद्र व्यवहार गरेका युवा पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकप्टर पाइलटलाई अभद्र व्यवहार गरेका युवा पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — हेलिकप्टर पाइलट रानेश डंगोललाई अभद्र व्यवहार गरेका आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेका छन् । यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जनालाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदमराज थापाले जानकारी दिए । 

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा एमालेबाट गाहा र गुरुङ मन्त्री बन्ने

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिन तयारीमा मुख्यमन्त्री अधिकारी
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बन्नेको टुंगो लागेको छ । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङलाई मन्त्री बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट सीता सुन्दासलाई बिनाविभागीय मन्त्री बनाएका थिए । मुख्यमन्त्रीसहित गण्डकी प्रदेशमा ७ मन्त्री बन्नेछन् ।

माओवादी केन्द्रबाट हरिबहादुर चुमान बिनाविभागीय मन्त्री बनेका छन् । माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । एउटा मन्त्रालय पाउने राप्रपाबाट पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् ।

सोमबार मन्त्रालयको संख्या घटाएर काठमाडौं पुगेका मुख्यमन्त्री अधिकारी मंगलबार पोखरा फर्किएका छन् । बिना बिभागीय मन्त्री सुन्दासका अनुसार आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । मुख्यमन्त्री अधिकारीले तीन मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

प्रकाशित : माघ १०, २०७९ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×