कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

सिन्धुली — नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट सिन्धुली अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कुमारबहादुर कार्कीलाई १ सय ३७ मतअन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको मत ७ सय ५४ मा श्रेष्ठले ४ सय ४१ पाउँदा कार्कीले ३ सय ४ मत प्राप्त गरे । ७ सय ८४ प्रतिनिधिमा ३० जना अनुपस्थित रहेका थिए । 

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

त्यसैगरी उपाध्यक्षमा ३ सय ९४ मतका साथ कर्णबहादुर घिसिङ निर्वाचित भएका छन् । निवर्तमान उपाध्यक्ष घिसिङले खड्गबहादुर रजन मगरलाई ५३ मतअन्तरले पराजित गरेका हुन् । रजन मगरले ३ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदम मगरले जानकारी दिए ।

त्यस्तै सचिवमा नवराज थिङले ४ सय १ मत प्राप्त गरी निर्वाचित हुँदा निवर्तमान सचिव नारायण बरालले ३ सय २८ मत प्राप्त गरे । खुला उपसचिवमा ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै दिपेश बराल निर्वाचित भएका छन् । उनले २ सय ३५ मत प्राप्त गरे ।

उपसचिवका उम्मेदवार कुमार शर्माले १ सय ५६, राजु बरालले १ सय ५१, टिकाबहादुर देवकोटा ९७ र शंकर कार्कीले ४५ मत प्राप्त गरेका थिए । उपसचिव महिलामा पार्वती भट्टराई ४ सय ८४ मतका साथ विजयी भएकी छिन् । उपसचिवकी प्रतिस्पर्धी मिथुलाकुमारी घिमिरेले २ सर २० मत प्राप्त गरेकी थिइन् ।

लेखा समिति संयोजक सञ्जयकुमार दाहालसहित ३७ जना निर्विरोध निर्वाचित भएका छन् भने ६३ जना सदस्य पदको मतगणना हुन बाँकी छ ।

प्रकाशित : वैशाख १, २०८१ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?