कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

दुई करोडमा निर्मित बृहत् खानेपानीले राम्चेमा फिर्‍यो हर्ष

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयमा हर्ष फर्किएको छ । खानेपानी तथा स्रोत परिचालन ब्यबस्थापन समिति राम्चेका सचिव उद्धवबहादुर तिवारीकाअनुसार  खानेपानीबाट एकसय ७० घरधुरीले खानेपानी पाएका हुन् ।

दुई करोडमा निर्मित बृहत् खानेपानीले राम्चेमा फिर्‍यो हर्ष

एक लाख ४० हजार लिटर क्षमताको टयांकी निमार्ण गरेर बाह्रबिसे नगरपालिका-९ सहित बाह्रबिसे बजारक्षेत्रका अधिकाशं इलाकाका घरघरमा खानेपानी पुर्‍याइएको उनले बताए । संघीय खानेपानी तथा ढल बिकास कार्यालयको दुई करोड र बाह्रबिसे नगरपालिकाको सात लाख बजेटमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

शनिवार बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेत ,उपमेयर मंञ्जु तामाङ ,वडाध्यक्षद्धय कृष्णबहादुर रायमाझी ,विमल पौड्याल,वडासदस्यसहित अन्य स्थानीयले सम्पन्न खानेपानीको उद्घाट्न गरेका थिए । भूकम्प र पराकम्पनले जताततै पानीको मूहान सुकेपछि स्थानीयबासी पानी खोज्दै हिड्नुपर्ने बाध्यतामा थिए । तल भोटेकोशी, वरिपरि जंगल । खोलाको पानी पिउन योग्य नभएपछि स्थानीय तनावमा देखिन्थ्ये ।

यो समस्या टार्न स्थानीय आफैँ कस्सिएर समिति बनाएर बजेट र मुहानको खोजीमा लागेका हुन् । ‘बाह्रबिसेको शिर पात्ले सिम भेग मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्यांकीलगयातका संरचना बनाइएका हो, बल्ल यसले सार्थकता पाएको छ,’ तिवारीले भने । यसअघि गाउँभेगमा पानीकै अभावबीच खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउनै दुष्कर भएको स्थानीय बाह्रबिसे नगरपालिका-९ जैसीगाउँकी स्थानीय सानुमाया तिमल्सिनाले बताइन् ।

वडासदस्यसमेत् रहेकी तिमल्सिनाले पानीकै अभावले बिशेष गरी महिलालाई प्रभावित तुल्याएको उनको भनाइ छ । ‘बल्ल त्यो जनताको गुनासो समाधान भएको छ, संघिय सरकार र स्थानीय तह सक्रिय भएपछि त्यो समस्या टरेको छ, स्थानीयबासीले राहत महसुस गरेका छन्,’ उनले भनिन् ।

त्यस्तै खानेपानीको समस्या झेलिरहेका स्थानीय सन्तोस तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको उदाहरण दिए । ‘खानेपानीले हाम्रो ठूलो गर्जो टारेको अनुभव भएको छ, खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिलेझै पानीकै लागि धाउन पर्नेछैन् , ’उनले भने ।

पानीको चरम अभावलाई टार्न स्थानीय अगुवाजनले जग्गादान गरेका थिए । स्थानीय पहलबहादुर तिमल्सिना, अर्जुनबहादुर तिमल्सिना, पदमबहादुर तिमल्सिना, अम्मरबहादुर तिमल्सिना र लक्ष्मी तिमल्सिनाले खानेपानी टयााङकी, कार्यालय भवन निर्माण, बाटोको लागि ११ आना जग्गादान गरेका थिए । उनीहरुलाई सम्मान गरिएको खानेपानी तथा स्रोत परिचालन ब्यबस्थापन समिति राम्चेले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?