२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

हत्कडीसहित फरार गाँजा कारोबारी १८ दिनपछि पक्राउ

राजकुमार कार्की

सिन्धुली — हत्कडीसहित फरार भएका लागूऔषध गाँजा कारोबारी पुन: पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ को क्यामनचुलीबाट हत्कडीसहित फरार भएका ४० वर्षीय कृष्णबहादुर योञ्जनलाई बुधबार प्रहरीले सर्लाहीको हरिवनबाट पक्राउ गरेको हो ।

सर्लाहीतर्फ जाँदै गरेको ना. ४४ प. ६०२९ नं को योञ्जन सवार मोटरसाइकल खानतलासीको क्रममा प्रहरीले चामलको बोरामा लुकाइ छिपाइ लैजान लागेको २० किलो गाँजा फेला पारेको थियो ।

योञ्जनलाई हत्कडी लगाएर गाँजा र मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भीरबाट हाम्फालेर फरार भएका थिए । पक्राउ परेका योञ्जनलाइ सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०८० १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?