कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५
तस्बिरहरू

नारायणगढमा झ्याली पिट्दै भ्रष्टाचारको विरोध

रमेशकुमार पौडेल

चितवन — भ्रष्टाचारकाविरूद्ध शुक्रबार बिहान नारायणगढ बजारमा स्थानीयले प्रदर्शन गरेका छन् । बजारको बालकुमारी चोकमा स्थानीयहरू झ्याली बजाउँदै प्रदर्शनमा उत्रेका थिए ।

नारायणगढमा झ्याली पिट्दै भ्रष्टाचारको विरोध

'सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीय व्यवसायी, राजनीतिक तथा सामाजिक व्यक्तित्व र अन्य सर्वसाधरणहरू प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय अमरदेव प्रधानले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दालाई सरकारले टुङ्गोमा पुर्‍याउनै पर्ने र त्यसका लागि दबाब दिन आफूहरू प्रदर्शनमा उत्रेको बताए । चितवनमा शुक्रबार साँझ साहित्यकार तथा चित्रकारले भरतपुर चौबिसकोठीमा भ्रष्टाचारका विरोधमा रचना प्रस्तुत गरेका थिए ।







प्रकाशित : वैशाख २९, २०८० ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?