कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सीटीईभीटीको परीक्षामा लापर्बाही : पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्र

विनय आजाद

सिरहा — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको छ ।

सीटीईभीटीको परीक्षामा लापर्बाही : पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्र

सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा मंगलबार सञ्चालित परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको हो ।

परीक्षार्थीहरू प्रश्नपत्र हातमा परेपछि धमाधम लेख्न थाले । तर, परीक्षा सकेपछि मात्र परीक्षार्थीहरुले आफूहरूलाई कृषि विज्ञानको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको थाहा पाएका हुन् । 'परीक्षामा समय कम हुन्छ, त्यसैले हामी धेरै नियालेनौं,' परीक्षार्थी विजय शर्माले कान्तिपुरलाई भने, 'लेख्ने बेला प्रश्न निकै असहज लागिरहेको थियो, तर परीक्षा सकेपछि नियाल्दा त प्रश्नपत्र नै फरक परेछ ।'

यसले गर्दा विद्यार्थीहरू चिन्तामा परेका छन् । 'हामी निकै तनावमा पर्‍यौं, एक वर्ष नै खेर जाने हो की भन्ने चिन्ता छ,' परीक्षार्थी दुर्गेश यादवले भने, 'हाम्रो भविष्यसँग खेलबाड भयो ।'

यस विषयमा केन्द्राध्यक्ष किशोरकुमार साहले भूलवश यस्तो हुन गएको र अब के गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल चलिरहेको बताएका छन् ।

यस परीक्षा केन्द्रमा जारी परीक्षामा धनगढीमाईको जनता माध्यमिक विद्यालय, गोलबजारको जय गोविन्द साह टेक्निकल इन्सिच्युट, गोलबजारकै सरस्वती माध्यमिक विद्यालयसहित ४ वटा विद्यालयका परीक्षार्थी सहभागी छन् ।

प्रकाशित : असार ५, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×