कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे : मुख्यमन्त्री सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् । उनले मधेशकाे कृषि उत्पादनको अवस्था सन्ताेषजनक नरहेकाे बताए । बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे ।

बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे : मुख्यमन्त्री सिंह

'अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,' मुख्यमन्त्री सिंहले भने, 'संघीयता मधेशलाई चाहिएकाे छ । मधेशलाई कृषि आवश्यक छ ।' संघीयताकाे भविष्य मधेश प्रदेशकाे नीति कार्यक्रम र बजेटले बलियाे बनाउने प्रयास गरेकाे उनले बताए ।

'मधेशको विकासका लागि ठुलाे प्लटमा खेती आवश्यक छ,' उनले भने, 'व्यवसायिक कृषि खेती गर्ने स्थानीय तहसंग प्रदेश सरकार समन्वय गर्न तयार छ ।' तीन तहकाे सरकारले एकै खालकाे याेजना ल्याउने परम्परा राेक्न प्रदेश सरकार अग्रसर भएकाे उनको भनाइ थियो ।

प्रकाशित : असार ५, २०८१ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×